Saturday, September 7, 2024

ट्रेन्डिङ :

कुटाइ खाने अधिकृतलाई विमानस्थलबाट हटाउन सिफारिस, प्रहरीलाई पनि कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले आज गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायाला मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ । यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको गृह स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयले गत शुक्रबार गठन गरेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए । समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?