Sunday, September 8, 2024

ट्रेन्डिङ :

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान किन लिईएन ? : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा सत्तारूढ नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिनुपर्ने धारणा राखेका छन्। आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले चौधरीको च्याम्पियन फुटवेयर कम्पनी त्यसमा संलग्न रहेको उल्लेख गर्दै चौधरीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिनअघि हिरासतमा राखेको देखियो। जग्गा हडप्दा चौधरीकै जति सेयर भएका अन्य साझेदारहरूमध्ये सत्तारूढ दलका सांसद विनोद चौधरीको च्याम्पियन फुटवेयर पनि देखिएको छ,’ उनले भने, ‘विनोद चौधरीजीलाई पनि थुन्नुपर्छ भनेको होइन, तर अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन रु’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?