Sunday, September 8, 2024

ट्रेन्डिङ :

सुनसरीमा भारतीय नागरिकको गाडीबाट एक करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ । भारतको बिहारका २२ वर्षीय मोहमद सैयदको गाडी खानतलासी गर्दा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक एक करोड ८२ लाख ५१ हजार बराबरका नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित भारतको बीआर ११ एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?