Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

रेणु दाहाल फस्ट बालेन साह दोस्रो

spot_img
spot_img

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगरले पहिलो स्थान प्राप्त गरेको छ।

आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेरनगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए।

असार १० भित्र बजेट ल्याएरनल्याएको, असार ३० भित्र बजेट पास गरेरनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिएरनदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ।

स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६.२९ प्रतिशत अङ्क प्राप्त गरेको अर्यालले बताए।

काठमाडौँ महानगरपालिकाले ३९.०२, वीरगञ्ज महानगरपालिकाले ३३.४९, विराटनगर महानगरपालिकाले ३२.८५, ललितपुर महानगरपालिकाले २५.१८ र पोखरा महानगरपालिकाले २०.७४ प्रतिशत अङ्क पाएका छन्।जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ। गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?