Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

२ वर्षीया छोरीलाई होटेलमा छोडेर आमा बेपत्ता

spot_img
spot_img

दाङमा एक जना महिला आफ्नी नाबालिका छोरीलाई होटेलमा छोडेर भागेकी छन्।

तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँकी २१ वर्षीया अमृता चौधरी आफ्नी दुई वर्षीया छोरी निशिता चौधरीलाई शुक्रबार बिहान पौने १० बजेतिर लमही बजारस्थित एक होटलमा छाडेर सम्पर्कविहीन भएकी हुन्।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार छोरीलाई छोडेर आमा बेपत्ता भएको खबर होटेल संचालकले दिएपछि प्रहरीले बालिकाको उद्धार गरेको छ।

अमृता छोरी निशिताका साथै एक पुरुषसँग होटल छिरेका थिए। चिया पिएपछि बसको टिकट काट्न जाने भन्दै उनीहरू बालिकालाई त्यहीँ छोडेर गएका थिए। उनीहरूले केहीबेरमा फर्केर आउने भनेपनि फर्केर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गरेका थिए। 

अमृताका श्रीमान निर्मलजन चौधरीले प्रहरीमा खोजतलासका लागि निवेदन पनि दिएका थिए। आमाले होटेलमा छोडेर गएकी दुई वर्षीया बालिकाको तस्बिर प्रहरीले सार्वजनिक गरेपछि बुवा निर्मलजन प्रहरीमा पुगेका थिए। बालिकालाई बुवा निर्मलजनले आफ्नो घरमा लगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अमृताको साथमा रहेका पुरूष भारतीय नागरिक सुशान्त गुप्ता रहेको प्रहरीले जनाएको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?