Sunday, September 8, 2024

ट्रेन्डिङ :

चितवनमा १४ वर्षीया शालिनको सुसाइड नोट फेला

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको सुसाईड नोट फेला परेको छ । अनुसन्धान अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्,‘ सरी एभ्रिबडी, सरी ममि ड्याड ।’ प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दै छ ।

शालिन दुई वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । उनको शव पोष्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?