Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

मनाङमा सबैभन्दा बढी वर्षा मापन, काठमाडौंमा छिटपुट मात्रै

spot_img
spot_img

काठमाडौं । देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । पछिल्लो तीन घण्टामा मनाङमा सबैभन्दा बढी वर्षा मापन गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको उनले जानकारी दिए । काठमाडौंमा पनि छिटपुट पानी पर्न थालेको छ । शनिबार राति र आइतबार काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।

पानी पर्ने क्रम सोमबारदेखि कम हुँदै जाने उनले जानकारी दिए । महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावनाबारे जानकारी गराइएको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?