Wednesday, January 15, 2025

ट्रेन्डिङ :

एमालेसहितको एकता जोगाउन सकिएन, वामपन्थीहरु एकतावद्ध होऔ : प्रचण्ड

spot_img
spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेका छन्। समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको पनि उनले बताए।

२४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गरे।

‘मैले अस्ती २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भनेर प्रस्ताव मैले नै गरेको हो। त्यसले झन्डै दुई तिहाईमा वामपन्थीलाई पुर्याइ पनि दियो। तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं, तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं,’ उनले भने।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?