काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने जिकिर गरेका छन् । उनले इलाम निर्वाचन क्षेत्र नम्बर–२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि योपटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उल्लेख गरे । तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरूले पार्टी विभाजन गरेर जाँदा पनि धेरै ठाउँमा हारको सामना गर्नुपरेको उनले स्मरण गरे ।