Sunday, September 8, 2024

ट्रेन्डिङ :

दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । शनिबार परेको चट्याङले १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । चट्याङ लागेर घाइते भएकी शर्मिलालाई उपचार गर्न दुल्लु अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?