काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो टी २० खेलमा नेपाल ‘ए’ ले ३ रनले विजयी भएको छ । आरिफ शेखको विस्फोटक ९३ रनको शानदार पारीसँगै नेपालले दिएको २१४ रनको लक्ष्य पन्छाएर ब्याटिङमा उत्रिएको आयरल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा आयरल्याण्डलाई जीतका लागि २० रन आवश्यक थियो तर १७ रन मात्र बनाउन सक्दा पराजीत हुन पुग्यो । यो अघि नेपाल ए का लागि आरिफ शेखले ९३ र कमल ऐरी १९ रनमा नटआउट रहे। ४८ बलको सामना गरेका आरिफले ७ चौका र ६ छक्का हाने। रासिद खान २४ रनमा पेभेलियन फर्के। बसिर अहमदले १९ र पवन सर्राफले १३ रन थपे।