Sunday, September 8, 2024

ट्रेन्डिङ :

तातोपानी नाका असोज १९ देखि खुल्ने

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । ‘नाका खोल्ने विषयमा सहमति भएको हो’ उनले भने, ‘उनीहरुले सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख (असोज १९ गते) बाट सामान हाम्रोमा आइपुग्छ ।’

नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ । श्रमिकको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उनले जानकारी दिए ।

छलफलमा नेपालको तर्फबाट सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, भन्सार प्रमुख, सीमा सुरक्षा बलका अधिकारी र जिल्ला प्रहरी प्रमुखलगायतको सहभागिता थियो ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?