Sunday, September 8, 2024

ट्रेन्डिङ :

मंयक यादवको गतिले बेंग्लोरको सपना चकनाचुर बनायो

काठमाडौं । तीव्र गतिका बलर मयंक यादवले आफ्नो १५० प्रतिघण्टा किलोमिटरको गतिको बललाई निरन्तरता दिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २८ रनले हराएको छ ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले १९।४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्रै बनायो । बेंग्लोरका महिपाल लोमरोरले १३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

मयंक यादवले रजत पाटिदारलाई २९, ग्लेन म्याक्सवेललाई शून्य र क्यामरन ग्रीनलाई ९ रनमा आउट गर्दै जित सहज बनाएका थिए । ओपनर विराट कोहली २२, फाफ डु प्लेसिस १९ र अनुज रावत ११ रनमा आउट भए ।

लखनऊका मयंक यादवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिंदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए । नवीन उल हकले २ विकेट लिए । त्यसअघि चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

लखनऊका ओपनर क्विनटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाए । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्कासहित ४०, मार्कस स्टोइनिस २४ र लोकेश राहुल २० रनमा आउट भए । बेंग्लोरका ग्लेन म्याक्सवेलले २, रिस टोप्ली, यश दयाल र मोहम्मद शिराजले एकरएक विकेट लिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?