Wednesday, January 15, 2025

ट्रेन्डिङ :

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २६ वटा गगनचुम्बी भवन ढले

spot_img
spot_img
spot_img

एजेन्सी । बुधबार बिहान ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर हालसम्म चार जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सीले जानकारी दिएको छ । एनएफएका अनुसार सबै जनाको मृत्यु हुवालेन काउन्टीमा भएको हो । यसअघि हाइकिङमा गएका एक व्यक्ति मृत फेला परेका थिए । कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले अझै पनि क्षतिको विवरण सङ्कलन गर्ने प्रयास गरिरहेको जनाएका छन् ।

यता ताइवानको सेन्ट्रल इमर्जेन्सी कमान्ड सेन्टरले भूकम्पमा कम्तीमा २६ वटा भवन ढलेको बताएको छ । यसमध्ये ७ वटा भवनमा मानिसहरू फसेको रिपोर्ट प्राप्त भएको सीईओसीको भनाई छ । यसमध्ये भूकम्पको केन्द्रबिन्दु नजिक रहेको हुवालेन काउन्टीमा १५ वटा भवनमा क्षति पुगेको छ । यता पूर्वी ताइवानमा रेल सेवा पनि रद्द गरिएको छ । आज नै त्यसलाई सुचारु गरिने सेन्टरले जानकारी दिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?