काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रका शर्माले सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएकोमा आपत्ति प्रकट गरेका छन्। शर्माले फागुन २१ बनेको नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी मिसिनु अघि रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरिएको कुरा भ्रममात्रै रहेको दाबी गरे ।
त्यस्तै उनले रवितिर कटाक्ष गर्दै गृहमन्त्री नै नभइ नहुने अडान राखेका व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन नखाएको भनेर प्रश्न पनि गरे। नाइँ मलाई त्यही गृहमन्त्री चाहिन्छ भनेका मित्रले प्रधानमन्त्रीको प्रस्ताव राखिएको भए किन खानुभएन होला, उनले भने, ‘सुन तस्करी प्रकरणमा पनि न्यायिक छानबिन समिति बनेको थियो। सहकारी ठगी प्रकरणमा पनि हामीले संसदीय छानबिन समिति मात्रै मागेका हौँ।
महामन्त्री शर्माले भगवानलाई पनि प्रश्न गर्न पाइने भन्दै रवितिर कटाक्ष गरे। ‘प्रश्न त भगवानलाई पाइन्न भनिन्थ्यो। तर भवनालाई पनि प्रश्न गर्न पाइन्छ’, उनले भने, ‘संसदीय छानबिन समिति बन्नुपर्ने हो। नयाँ दलको नेताले त देश दुनियाँले सुनोस भन्नुपर्ने हो तर संसदीय समिति बनाउनै चाहेको देखिएन।’ शर्माले बुधबारदेखि संसदीय समिति गठबनबारे कांग्रेसको अल्टिमेट सकिएको पनि घोषणा गरे। ‘आजबाट हाम्रो अल्टिमेटम सकिएको पनि हामी सुनाउन चाहन्छौँ’, उनले भने, ‘आज पछाडि आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय समिति लिएर आओस्। अन्यथा हुनु भएन।’