Wednesday, January 15, 2025

ट्रेन्डिङ :

विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्तत गले, प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिए

spot_img
spot_img
spot_img

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभालाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहीरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताएका हुन् । आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएको थियो । तर, माओवादीले विमत्ति जनाइएरहेको थियो ।

यसअघि विश्वासको मत लिएरमात्रै राजीनामा दिने अडानमा रहेका मुख्यमन्त्री शर्मा अन्तत गलेका हुन् । राजीनामामा राजी हुनुअघि शर्माले एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग भेट गरेका थिए । साथै माओवादी दलको छुट्टै बैठक बसेको थियो । आफू पदमा नरहे पनि कर्णालीबासीको समृद्धिको आकांक्षा पूरा गर्न लागिरहेको साथै अब अझ सक्रियतापूर्वक लाग्ने उनले प्रतिवद्धता जनाए । आफ्नो सम्बोधनको क्रममा शर्माले गणतन्त्र र संघीयता स्थापनापछि गरिब जनतालाई प्राथमिकता दिई उनीहरूको भलाइका लागि नीति, कार्यक्रम र बजेट तर्जुमा कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा राजनीतिक अस्थिरताले कतै संसदीय गणितको भद्दा प्रहसनमा मात्र रुमल्लिने त हौइनौं भन्ने खतरा बढेको चिन्ता व्यक्त गरेका छन् ।

‘केन्द्रीय राजनीतिमा देखिएको अंकगणितको सोझो असर प्रदेशमा पर्ने जुन अवस्था देखिने गरेको छ । यसबाट कम्तीमा प्रदेशले आफ्नो स्वविवेक, स्वायत्तता र स्वतन्त्रता प्रयोग गर्न पाएमात्र वास्तविक अर्थमा संघीयतालाई बलियो बनाउन सकिन्छ । ‘अतस् म अनुरोध गर्न चाहन्छु कि कर्णाली प्रदेशले कम्तीमा पनि संसदीय खेलमा एक मानक र पर्यादा कायम राख्न सकोस् । यसो गर्न चुक्दा हामी गणतन्त्र र संघीयतालाई असफल बनाउने कारक मात्र बन्नै छेनौं बरु कर्णालीबासीको सुन्दर सपना र भविष्यमाथि पनि कुठाराघात गरिरहेका हुनेछौं ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?