Tuesday, January 14, 2025

ट्रेन्डिङ :

देउवाले डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेपछि गगनको काउन्टर, अर्को बैठक बिहीबार

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार बुधबार पनि टुंगो लगाउन सकेन । बुधबार संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखेका छन् । तर महामन्त्री गगन थापासहितका नेताहरुले डम्बरलाई नभई भेषराज आचार्यलाई दिनुपर्ने भनेपछि बैठक निर्णय नगरी सकिएको हो । अर्को बैठक बिहीबार बिहान ९ बजे बस्नेछ ।

बुधबारको बैठकमा सभापति देउवाले ४ मंसिर २०७९ मा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले मात्र पराजित भएकाले खड्कालाई नै टिकट दिएर न्याय गर्नुुपर्ने बताएका थिए । महामन्त्री गगन थापाले भने इलाम–२ को पार्टी संरचनामा भेषराज लोकप्रिय भएकाले चुनाव जित्न उनैलाई टिकट दिनुपर्ने अडान राखेका छन् ।

उहाँले टिकट पाउनुभएको भए जित्नुहुन्थ्यो कि, त्यसैले पुरानो निर्वाचनको कुरा गरेर हुँदैन, पार्टी संरचनामा जो लोकप्रिय छ उसैलाई दिनुपर्छ’ महामन्त्री थापाको भनाइ उधृत गर्दै ती नेताले भने । दुबै पक्ष आआफ्नो अडानबाट टसमस नभएपछि बैठक बिहीबार विहान ९ बजेका लागि सारिएको हो । बझाङको प्रदेशसभा १ निर्वाचन क्षेत्रमा देउवाले अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् भने गगन पक्षले जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?