Wednesday, January 15, 2025

ट्रेन्डिङ :

एमालेमा कसैले २० वर्ष नेतृत्वको लागि आश नगरे हुन्छ : केपी ओली

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै दुई दशक आफू पार्टीमा सक्रिय रहने घोषणा गरेका छन् । पार्टीको कास्की जिल्ला कमिटीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै ओलीले त्यस्तो २० वर्ष आश नगर्न आग्रह सरझाव दिए । एमाले बिनाको नेपाल र ओली बिनाको एमाले भनेर कतिपयले टिप्पणी गरेको भन्दै आक्रोशित भएका ओलीले भने, कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ ।

केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला । मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला काला हुन थाले भनेर । अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ । मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । पार्टी र देशलाई ठिक बाटोमा अघि बढाएर मात्रै आफूले विश्राम लिने अध्यक्ष ओलीको भनाई छ ।

उनले भने, नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ । विरोधीहरुलाई झिँगाको संज्ञा दिएका ओलीले विरोधीको सरापले एमाले झन बलियो भएर अघि बढ्ने दावी गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?