काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई एकरदुई लाख इनाम दिने घोषणा गरेका छन् ।
मन्त्री अर्यालले श्निबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’
उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।