Monday, April 7, 2025

ट्रेन्डिङ :

अमेरिका र चीनबिच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति

spot_img
spot_img

संयुक्त राज्य अमेरिका र चीनबिच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबिच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबिच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबिचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो ।”

येलेनले शनिबार भएको एक कार्यक्रममा भन्नुभयो, “यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्नेछ । छलफलले चीनको क्षमताभन्दा बढी देखिएको विश्वव्यापी आपूर्ति नियन्त्रणबारे बहस चलाएको छ र म यसलाई अमेरिकी कामदार र फर्महरूका लागि समान अवसर सिर्जनाका लागि भएको छलफलका रूपमा व्याख्या गर्न चाहन्छु ।”

ताइवान र भिडियो एप टिकटकको पहुँचलाई लिएर वासिङ्टन र बेइजिङबिच तनाव थपिएको समय येलेनको चीन भ्रमण भएको हो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणको बेइजिङले निन्दा नगरेको भन्दै रुसलाई चिनियाँ कम्पनीले युद्धका लागि सहयोग गरेमा ‘महत्त्वपूर्ण परिणाम’ भोग्नुपर्ने अमेरिकी अथैमन्त्रीले चेतावनी दिनुभयो ।

अमेरिकी अर्थमन्त्री येलेनले भन्नुभयो, “रुसी रक्षा औद्योगिक आधारलाई समर्थन गरेमा यसबाट चीनले नराम्रो परिणाम व्यहोर्नुपर्ने हुन्छ । जनगणतन्त्र चीनमा रहेका हतियार उत्पादन कम्पनीसहित विश्वका अन्य कम्पनीहरूले युक्रेनविरुद्ध रुसको युद्धको लागि भौतिक समर्थन प्रदान गर्नु हुँदैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?