काठमाडौं । देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि सामान्य हावाहुरीको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोदेखि साँझसम्ममा सामान्य खालको हावाहुरी आउने सम्भावना देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले आज कोसी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसहित तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना रहेको जनाएको छ। यस्तै आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि देखाइएको छ।
तर आज काठमाडौँ उपत्यकामा भने वर्षा सम्भावना नरहेको महाशाखाले जनाएको छ। आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जनाइएको छ। यसको अर्थ आकाशमा अलिअलि बादल लागे पनि घाम लाग्नेछ।