Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

त्रिविको रेक्टर र रजिष्ट्रार नियुक्तिमा दलीय हस्तक्षेपको विरोध गर्दै विप्लवका विद्यार्थीको प्रदर्शन

spot_img
spot_img
spot_img

बुटवल । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी संगठनले बुटवलमा प्रदर्शन गरेको छ । अखिल नेपाल विद्यार्थी युनियन समाजवादीको अगुवाइमा बुटवल बहुमुखी क्याम्पसदेखि गोलपार्कसम्म प्रदर्शन भएको हो । सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोण सभामा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन समाजवादीका केन्द्रीय सदस्य विज्ञान सीले उपकुलपति प्रा. डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए । त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ । त्रिविका उपकुलपतिले रजिष्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए ।

सोहीअनुसार उपकुलपति प्रा. डा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा. डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा. डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिश गरेका छन् । तर नियुक्ति प्रक्रिया अघि बढेको छैन । गत शुक्रबार प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. बेदराज केसीलाई रजिष्ट्रार नियुक्त गर्नुपर्ने अडान लिएका थिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?