Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

नागरिक उन्मुक्ति पार्टीको भागमा पर्यो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री !

spot_img
spot_img
spot_img

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने भएको छ । सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्रीका लागि गृहकार्य गर्न भनेको छ । प्रधानमन्त्री प्रचण्डले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको उमेदवारबारे निर्णय गर्न सुझाव दिएको नाउपाका नेता राजेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुख नजिर मियाँले १० दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरिसकेकाले केही दिनमै नाउपाले मुख्यमन्त्री बनाउने व्यक्तिका विषयमा निर्णय गर्नेछ । साथै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहितले पनि प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलनको काम सुरु गरिसकेका छन् । नाउपाले गरेको पत्राचारका आधारमा प्रदेश सरकारमा राज्यमन्त्री बनेकी इन्दिरा गिरीको सोमबार नै पद गएको छ । त्यसबाहेकका सांसदहरूको विषयमा निर्णय गरेर पार्टीले मुख्यमन्त्रीको उमेदवार तय गर्ने अधिकारी बताउँछन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?