Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

यात्रुले दुवैतिरको पंखाबाट इन्धन चुहिएको देखेपछि दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

spot_img
spot_img
spot_img

धनगढी । धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउन्डेड गरिएको छ । नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् ।

जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो । त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थल स्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो । काठमाडौँबाट इन्जिनियर आएर बिमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?