Tuesday, September 17, 2024

ट्रेन्डिङ :

गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्ट्राचार गर्नेलाई समाऊ- ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री लामिछानेलाई आफुहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाहीले अहिले भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका छन् । 

उनले आफुहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्ट्राचार गर्ने नेताहरुलाई पक्राउ गर्न आग्रह गरेका छन् । उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने  बताए । 

यस अघि भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?