Thursday, September 19, 2024

ट्रेन्डिङ :

फोहोरमैला ब्यबस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ: इयु राजदुत

बर्दिबास, २७ चैत । युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले बाताबरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्न ।

मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन ।  उनले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंंदै यसलाई राजनीतिक रुपमा स्थानिय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन । 

उनले भनिन, झबाताबरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनु पर्छ । बाताबरणलाई चक्रीय अर्थतन्त्र संग जोडन सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।

त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा् राखेका थिए । बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसंग सहकार्य गरेर अगाडी बढी रहेको बताइन । उनले अहिलेपनि फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउंदै अझै नितिगत स्पष्टता सहित दीर्घकालीन ब्यबस्थापनमा जोड दिइन ।

स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।

 
त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ । 

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त बिधालयमा ञक्लाइमेट स्मार्ट स्कुलझ परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?