Friday, September 20, 2024

ट्रेन्डिङ :

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड भने बढ्याे

काठमाडौ, चैत २८ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार पनि अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार सोहिमूलयमा डलरको कारोबार भएको थियो । 

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ २१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ५५ पैसाले बढेको हो । बुधबार भने यसको खरिददर १४४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६६ पैसा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ८१ पैसाले याउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिददर १६७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।  

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ११ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ र बिक्रीमा ९८ रूपैयाँ ४५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?