Friday, September 20, 2024

ट्रेन्डिङ :

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी

काठमाडौ, चैत २८ । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको सुचना अनुसार छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?