काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बनाइने भएको छ । शुक्रबार (भोलि) बनाइने नयाँ सरकारको नेतृत्व मुख्यमन्त्रीका रूपमा कैलाश चौधरीले गर्ने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठले बताइन् ।
त्यसबाहेक नागरिक उन्मुक्तिले थप एक मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको उनले जानकारी दिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको उनले बताइन् ।