Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

युवतीलाई यौन धन्दाका लागि श्रीलंका पुर्‍याउने नौकुण्डा गाउँपालिका अध्यक्ष नुर्बु पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं । नेपाली युवतीहरूलाई कुवेतमा घरायसी कामका लागि रोजगारीको अवसर देखाउँदै श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाउने गरेको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । खुलेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पु¥याएर यौन धन्दामा लगाएको आरोपमा रसुुवा नौकुण्ड गाउँपालिका–१ का नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई पक्राउ गरेको हो । ब्यूरोको टोलीले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

पक्राउ परेका स्याङबोमाथि ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया युवतीको २०७३ सालको साउनमा रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । ती युवतीले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । ती युवतीको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले ती युवतीलाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएकि ती २२ वर्षीय युवतीलाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । दिल्लीमा केही दिन बसेकी ती युवती श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् ।

कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेकि युवतीको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

उनी बाध्यतामा परिन् । प्रतिकार गर्ने अवस्थामा थिएनन । पछि नेपाल प्रहरी र श्रीलंकास्थित अन्य संघ संस्थाको समन्वयमा उद्धार गरिएको थियो । ती युवतीले नेपाल फर्किएलगत्तै नुर्बुकै नाममा प्रहरीमा जोहरी दिएकी थिइन् । तर, उनी लामो सयमसम्म पक्राउ पर्नबाट जोगिँदै आएका थिए ।

पछिल्लो समय ब्यूरोको टोलीले विभिन्न पुराना उजुरी माथिको फाइल खोतल्न थालेको छ । ती युवतीको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा पीडित भनिएका नुर्बु नौकुण्ड गाउँपालिकाकै अध्यक्ष रहेको खुल्यो । पालिकाको अध्यक्षबारे ब्यूरोको टोलीले निगरानी गर्दै आएको थियो ।

बुधबार भने उनी ब्यूरोको कार्यालय नजिकै आइपुगेको अवस्थामा टोलीले पक्राउ गरेको हो । ब्यूरोको टोलीसँग सुरुमा उनले किन पक्राउ गर्न खोजेको भन्दै प्रतिकार गर्न खोजेका थिए ।

प्रहरीका अनुसार, केही दिनदेखि निगरानी बढाइएको थियो । उनलाई आफू पक्राउ पर्नेबारे कुनै सूचना समेत थिएन । उजुरी पुरानो भएका कारण पनि उनी ढुक्कजस्तै थिए । तर, हामीले तपाईं ब्यूरो हिँड्नू भन्दा सुरुमा अँटेर गरेका थिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?