Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर नाउपामा नयाँ बबण्डर

spot_img
spot_img
spot_img

धनगढी । नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी र रञ्जीता दुबै समूहले एमाले–माओवादी केन्द्र गठबन्धनसँग मिलेर सुदूरपश्चिममा सरकार बनाउन तयार भएपछि गठबन्धनले दिएको मुख्यमन्त्री पद कसले लिने भन्ने विषयमा बबण्डर मच्चिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको पत्र प्रदेश सभामा पठाएकी छन् भने रेशम चौधरी पक्षले प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई अगाडि राखेको छ । ५३ सदस्यीय प्रदेश सभामा सबभन्दा ठूलो दल नेपाली कांग्रेससँग १८ सिट, नेकपा एमाले १०, र माओवादी केन्द्र ११ सिट रहेको छ । उता नाउपा ७ सिटसहित निर्णायक छ ।

केन्द्रमा माओवादीले गठबन्धन फेरेसँगै कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल शाह अल्पमत परे । यसले नाउपा भने विवाद सुरू भयो । अध्यक्ष रञ्जिता पक्षधर एमाले–माओवादीसँग गठबन्धन गर्ने पक्षमा उभिए भने रेशम चौधरी पक्ष कांग्रेस सरकारमा रहन चाह्यो । ७ मध्ये रेशम पक्षमा दलका नेतासहित ५ जना रहे भने रञ्जिता पक्षमा दुई जना भए । बहुमत पक्षले रञ्जिता पक्षका कैलाश चौधरीलाई सरकारबाट फिर्ता बोलाएर आफ्नो पक्षका सबै मन्त्री बनाए । रञ्जिताले भने सबैलाई फिर्ता हुन निर्देशन दिइन् । त्यसलाई अवज्ञा गरेको भन्दै उनले २१ चैतमा कृषि राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय गरेकि थिईन् ।

कांग्रेससँग मिल्दा बहुमत नपुग्ने, अनि एमाले–माओवादी गठबन्धनले मुख्यमन्त्री दिने भएपछि रेशम पक्ष पनि नयाँ गठबन्धनसँग सहकार्य गर्न तयार भएको छ । मुख्यमन्त्री र एउटा भौतिक पूर्वाधार मन्त्रालय पाउने भएपछि नाउपामा सरकारको नेतृत्व कसले गर्ने भनेर नयाँ विवाद सुरू भएको छ । अध्यक्ष रञ्जिताले मुख्यमन्त्रीमा आफ्नो विश्वास पात्र प्रदेश सभा सदस्य कैलाशलाई अघि सारेकी छन् भने रेशम पक्षले लक्ष्मणकिशोर चौधरीलाई प्रस्ताव गरेको छ । रञ्जिता पक्षका नेताहरू घनश्याम चौधरीलाई निलम्बन गर्ने र कैलाश चौधरीलाई दलको नेता बनाउने पार्टी अध्यक्ष रञ्जिताको निर्णय सभामुखले सदर गर्नेमा विश्वस्त छन् । उनीहरूका अनुसार भोलि १ वैशाखमा कैलाश चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?