Friday, September 20, 2024

ट्रेन्डिङ :

इजरायल तोपखानामा इरान समर्थित हिजबुल्लाहको हमला 

बेरुत, १ बैशाख । हिजबुल्लाह समुहले इजरायली तोपखानामा आक्रमण गरेका छन् ।

लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले शुक्रबार इजरायली तोपखाना स्थानहरूमा दर्जनौं रकेट प्रहार गरेका छन ।

हिजबुल्लाह समुहका अनुसार दर्जनौं काट्युशा रकेटहरू  प्रहार गरेको बताएको छ । यो बमबारी दक्षिणमा इजरायली हमलाहरूको जवाफमा भएको थियो।

प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि हमासको सहयोगी हिजबुल्लाहले इजरायली सेनासँग नजिकैको सीमापार गोलीबारी हानाहान गर्दै आएका छन् । हिजबुल्लाह लडाकुले भन्यो, ‘शत्रुको तोपखाना पोजिसनहरूमा  दर्जनौं काट्युशा रकेट निशाना बनाइएको छ, यो दक्षिणी गाउँहरू र नागरिक घरहरूमा दुश्मनको आक्रमणको प्रतिक्रियामा थियो।’

इजरायली सेनाका अनुसार लेबनानी क्षेत्रबाट लगभग ४० रकेट पहिचान गरिएको थियो, जसमध्ये केहीलाई रोकिएको थियो। लेबनानको राज्य संचालित राष्ट्रिय समाचार एजेन्सीले इजरायलले सीमा नजिकका धेरै गाउँहरूमा बमबारी भएको जनाएको छ ।

हिंसाले अहिलेसम्म लेबनानमा कम्तिमा ३६३ जनाको ज्यान लिइसकेको छ, जसमा अधिकांश हिजबुल्लाह लडाकुहरू छन् तर कम्तिमा १० नागरिकहरू पनि समावेश छन् । साथै, इजरायलमा सेनाका १० सैनिक र ८ सर्वसाधारण मारिएको जनाएको छ।
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?