काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा छ छक्का हानेर नयाँ कीर्तिमान बनाएका छन् । एसीसी पृमियरको कतार विरुद्धको खेलमा ऐरीले कामरानको छ बलमा छ छक्का हानेका हुन् । उनले यो संगै दक्षिण अफ्रिकाका हर्शल गिब्स, भारतका युवराज सिंह र वेस्ट इन्डिजका विष्फोट ब्याटर किरन पोलार्डको छ छक्काको रेकर्डको बराबर बनाएका छन् ।
हर्शल गिब्सले सन् २००७ को वर्ड कपमा नेदरल्यान्ड विरुद्ध छ छक्का हानेका थिए । त्यस्तै युवराज सिंहले इङ्याडका बलर ब्रोड स्टुअर्टको ओभर छ छक्का हिर्काएका थिए भने पोलार्डले श्रीलंकाकाका अलराउण्डर धनन्जय डि सिल्भाको ओभरमा छ छक्का हानेका थिए ।