Sunday, September 8, 2024

ट्रेन्डिङ :

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।

अध्यक्ष ओली अस्वस्थ भएपछि जारी महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिदै छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?