Tuesday, December 24, 2024
spot_img

ट्रेन्डिङ :

सन्दीप लामिछानेलाई १२ वर्ष जेल सजाय वा अभियोग मुक्त हुने फैसलाको टुंगो वैशाख १६ गते

spot_img
spot_img
spot_img

काठमाडौं । बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा यही वैशाख १६ गते आइतबारका लागि पेसी तोकिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले पुर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?