Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

काङ्ग्रेसको गढ रायबरेलीबाट चुनाव लड्दै राहुल, प्रियंकाले अमेठीमा उमेदवारी नदिने

spot_img
spot_img
spot_img

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस आईका नेता राहुल गान्धी लोकसभा सिटका निम्ति उत्तर प्रदेशको रायबरेलीबाट पनि चुनाव लड्ने भएका छन् । कंग्रेसको गढ मानिने रायबरेलीबाट उनी पहिलोपटक चुनाव लड्न लागेका हुन् ।

उनी यसअघि कांग्रेसको अर्को गढ अमेठीबाट चुनाव लड्दै आएका थिए । सन् २०१९ मा उनी भाजपा नेत्री स्मृति इरानीसँग पराजित भएका थिए । उनी २०१९ मा केरलको वायनाडबाट निर्वाचित भएका थिए । यसपालि सो क्षेत्रबाट पनि लडेका छन् । १९९९ पछि पहिलोपटक यसपालि अमेठीबाट गान्धी परिवारको कोही पनि चुनाव लडिरहेको छैन ।

प्रियंका गान्धीले अमेठीबाट चुनाव लड्ने धेरैले अनुमान गरेका थिए । तर, कंग्रेसको सूचीमा प्रियंकाको नाम छैन । अमेठी र रायबरेलीमा उमेदवारको नामांकन दर्ता गर्ने आज अन्तिम दिन हो । यसको केही घण्टाअघि मात्र यी क्षेत्रमा कंग्रेसले उमेदवार तोकेको हो । यी दुवै क्षेत्रमा मे २० मा चुनाव हुँदै छ । द हिन्दुले जनाएअनुसार, कंग्रेसले अमेठीबाट किशोरीलाल शर्मालाई उमेदवार बनाएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?