Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै गोविन्द केसीले थाले आमरण अनसन

spot_img
spot_img
spot_img

काठमाडौं । डा. गोविन्द केसीले आफ्ना मागहरू सम्बोधन नभएको बताउँदै शनिबार ४ बजेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । केसीले एक विज्ञप्ति जारी गर्दै तीन बुँदे माग पनि अघि सारेका छन् । जसको पहिलो बुँदामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् । ‘सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया टुङ्गोमा पुग्ने सुनिश्चित गरियोस्,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?