Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

गृहमन्त्री रविले दुई चार जना युट्युबरलाई लिएर हिँडेको ज्ञानेन्द्र शाहीको आरोप

spot_img
spot_img
spot_img

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्ला मात्रै गरेर हिँडेको बताएका छन् । शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको बताए । ‘गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ । ठुला–ठुला फाइल ड्यामड्याम खोलौँ । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौँ । गृहमन्त्रीको साथमा हामी हुन्छौँ । हल्ला मात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौँ,’ उनले भने ।

गृहमन्त्री लामिछानेले मिडियामा भजाउने, दुई चार जना युट्युबरतलाई लिएर मात्रै हिँडेको उनले टिप्पणी गरे । नेता शाहीले गृहमन्त्रीले नयाँको नाममा पुराना दलका कामै नलाग्ने मान्छे ल्याएर पार्टी चलाएको बताए । ‘गृहमन्त्रीले फेरि एउटा अचम्मको पसल खोल्नुभएको छ,’ उनले भने, ‘पुराना पार्टीमा काम नलागेका मान्छे ल्याएर भर्ती गर्ने अनि तिनलाई नयाँ भन्दिनुपर्ने हामीले ।’ गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यतिखेरको सरकारले भगायो भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिए । त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । साथै, पशुपतिमा लास जलाउने मेसिन किन्दा पूर्वमन्त्री सुदन किरातीले भ्रष्टाचार गरेकाले उक्त प्रकरण छानबिन गर्न गृहमन्त्री लामिछानेलाई सुझाव दिए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?