Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

केन्द्र सरकारबाट बाहिरिने तयारीमा उपेन्द्र, मधेसमा पनि जसपाको सरकार ढल्दै

spot_img
spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र अशोक राईले पार्टी फुटाएको विषयमा अदालतमा मुद्दा दायर गर्ने लगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। विशेषगरी मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जसपाले केन्द्र सरकारबाट पनि बाहिरिने तयारी गरेको हो।

त्यस्तै मधेस प्रदेशमा चार पार्टीले सरकार बनाउने प्रयास थालेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन सरकार बनाउने भएका हुन्। योसँगै मधेस प्रदेशमा पनि जसपाको सरकार ढल्ने भएको छ । एमाले २५ र माओवादीका ९ गरी ३४ जनाको समर्थन फिर्ता भएसँगै जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादव अल्पमतमा परेका हुन्।

मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो। एकसय ७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन्। जनमतको १३ सांसद छन्। यसैगरी माओवादी केन्द्रको ९ सांसद हुँदा लोसपाको ९ सांसद नै छन्। यसैगरी नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। जुन सरकार बनाउन पर्याप्त बहुमत हो।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?