Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

त्रिभुवन विमानस्थलमा कपडामा लेपन गरेको ५ किलो सुनसहित २ भारतीय पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं । लगाएको कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुईजना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरुको साथबाट प्रहरीले पाँच किलो भन्दा धेरै सुन बरामद गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका एएसएसपी शर्माले बताए।

सुरेशकुमारको साथबाट २ किलो ६ सय ग्राम र गणेशनको साथबाट २ किलो पाँच सय ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ। सुरेशकुमारले लगाएको सेतो रंगको टिसर्ट, निलो रङकै पेन्टी र कालो रङको जिन्स पाइन्टमा लेपन पेस्ट गरिएको अवस्थामा २ किलो ६ सय ग्राम सुन बरामद भएको हो।

त्यसैगरी गणेशनले लगाएको कालो रङको टिसर्ट, निलो पेन्टी र निलै रङको जिन्स पाइन्टमा पेस्ट गरिएको अवस्थामा २ किलो ५ सय ग्राम सुन बरामद गरिएको एसएसपी शर्माले जानकारी दिए।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?