Sunday, September 8, 2024

ट्रेन्डिङ :

अन्तिम फैसला आउने दिन : सन्दीप अदालत आए, गौशाला-२६ आईनन्

काठमाडौं । उच्च अदालत पाटनमा जारी क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको बहस अन्तिम चरणमा पुगेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबार सुरु सुनुवाइअन्तर्गत अहिले जवाफी बहस भइरहेको छ। यसपछि सन्दीप पक्षका अधिवक्ताद्वय सरोजराज घिमिरे र सबिता भण्डारीले जवाफी बहस गर्ने तालिका छ।

उनीहरूको बहस सकिएपछि आजै फैसला गर्ने तयारी छ। आफूले गरेको पुनरावेदनमा फैसला हुने तयारी हुँदै गर्दा सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन्। मंगलबारचाहिँ पीडित गौशाला–२६ पनि उच्च अदालत आएकी थिइन्। तर आज उनी आएकी छैनन्। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?