Monday, November 25, 2024
spot_img

ट्रेन्डिङ :

अदालतको आदेशपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सन्दीपमाथि लगाईएका सबै निलम्बन फुकुवा

spot_img
spot_img

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी गराएका छन् । जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले बुधबार क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?