Sunday, September 8, 2024

ट्रेन्डिङ :

रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो

रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ । 

गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो । 

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो । 

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो । 

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।  जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन् । कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ ।  अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ । 

आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुदै छन् ।  आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन् । 
 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?