Sunday, September 8, 2024

ट्रेन्डिङ :

सञ्चारमन्त्रीको सम्पत्ति विवरण : ६५ लाख ऋण, श्रीमानको नाममा काठमाडौं र प्युठानमा घर

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । मंगलवार सार्वजनिक उनको सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौं कीर्तिपुर र प्युठानको घर रहेको उल्लेख छ ।

उनका अनुसार कीर्तिपुर नगरपालिका वडा नम्बर ७ जाखामा ६ आना जग्गा र साढे २ तलाको घर छ भने प्यूठानमा श्रीमान् कृष्णध्वजको नाममा एउटा र कृष्णध्वज, हरि खड्का, घमानसिंह खड्काकाे नाममा अर्काे घर छ । उनले यी घर प्राप्तिको स्रोत पैतृक, सगोल भनेर उल्लेख गरेकी छन् ।

त्यस्तै चल सम्पत्तिमा सुन ६ तोला र चाँदी २ तोला रहेको उल्लेख छ ।

मन्त्री शर्माले आफ्नो नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत रहेको विवरण राखेकी छन् ।

उनले आफू, श्रीमान् र छोरीहरूका नाममा विभिन्न कम्पनीमा करिब १५ सय कित्ता शेयर रहेको उल्लेख गरेकी छन् । त्यस्तै उनले राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएको बताएकी छन् ।

उनले २०७७ साउनमा ३६ लाख तिरेर हुन्डाइकाे कार लिएकाे उल्लेख गरेकी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?