Sunday, September 8, 2024

ट्रेन्डिङ :

देशका २६ सार्वजनिक संस्थान नाफामा

काठमाडौँ । देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ ।  

अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्बजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान नोक्सानीमा गएका छन् । त्यस्तै तीन संस्थानको कारोबार शुन्य छ । कुल सार्बजनिक संस्थानको संख्या ४४ रहेको छ । 

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए । अत्याधिक नाफा आर्जन गर्ने सार्बजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनि लिमिटेड, नागरिक लगानी कोषलगायत रहेका छन् ।  

त्यस्तै आव २०७९-८० मा नोक्सानीमा गएका संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन रहेका छन् । 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?