काठमाडौं । आइसिसी टी २० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेशले श्रीलंकामाथि २ विकेटको जीत निकालेको छ । शनिबार बिहान डालासस्थित ग्रान्ड प्रिएरी स्टेडियममा भएको खेलमा श्रीलंका बंगलादेशसँग २ रनले पराजित भयो । शनिबार श्रीलंकाले दिएको १२५ रनको लक्ष्य बंगलादेशले ८ विकेट गुमाएर १९ ओभरमा पूरा गर्यो ।
बंगलादेशका ओपनरद्वय तान्जिड हसन ३ रन र सौम्य सरकार शून्यमा आउट भएपछि दबावमा परेको बंगलादेशलाई लिटन दासले र रिदोयले केही उकासेका थिए। लिट्टोनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए। टोहिड हृदोयले २० बलमा १ चौका र ४ छक्का प्रहार गरी ४० रनको बिफोटक पारी खेले । कप्तान नजमुल हुसेन शान्तो ७ रन बनाएर आउट भए।
शकिब अल हसनले ८ रन र महमुदउल्लाहले नट आउट १६ रन जोडे। बलिङतर्फ श्रीलंकाका नुवन थुसाराले ४ विकेट, वानिडु हसरंगाले २ तथा धनन्जय डी शिल्भा र मथिशा पाथिरनाले एक एक विकेट लिए। उता बङ्लादेशको बलिङतर्फ मुस्ताफिजुर रहमान र रिसाद होसेनले ३र३ तथा तास्किन अहमदले २ र तान्जिम हशन सकिबले १ विकेट लिए।