Sunday, September 8, 2024

ट्रेन्डिङ :

दश महिनामा ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा, १३ खर्ब ३ अर्ब ३६ करोड रुपैयाँको वस्तु आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार एक खर्ब २६ अर्ब १७ करोडको सामग्री निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले कमी आएको हो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.६ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ। चीनतर्फको निर्यात ६८.१ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैंचा, चिया, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ।यस अवधिमा १३ खर्ब ३ अर्ब ३६ करोड रुपैयाँको सामग्री आयात भएको छ। गत वर्षको तुलनामा वस्तु आयात २.४ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.४ प्रतिशत र २०.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ। वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आएर ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?