Sunday, September 8, 2024

ट्रेन्डिङ :

अबैध भारतीय मलखाद्य सहित ४ थान मोटरसाईकल बरामद

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले ४ थान भारतीय नम्बरको मोटरसाइकल सहित २२ बोरा अबैध भारतीय मल खाद बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको गस्ती टोलीले कटहरीया नगरपालिका ९ स्थित  भन्सार छली ल्याएको युरिया मलखाद २२ बोरा सहित ४ थान मोटरसाइकल बरामद गरेको हो।

विआर ३० एम ०८९६, विआर ०६ सिबी ३३५६ र विआर ०५ ए क्यू ८६०५ र विआर ३० डब्लु ७९७१ नम्बरको मोटरसाइकलमा लोडगरी  लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि लोड मोटरसाईकल छाडी मानिस फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्।

४ थान मोटरसाइकल र मलखाद २२ बोरा गरी कुल ४ लाख १८ हजार,७०० रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?