Sunday, September 8, 2024

ट्रेन्डिङ :

मुग्लिन-पोखरा सडक विस्तार तीव्र

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ र पश्चिमतर्फ २० किमि सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१ दशमलव ७ किमि र पश्चिमतर्फ ३८ दशमलव ८८ किमी सडक विस्तार भइरहेको छ । 

आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमि चार लेन र छ किमि दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।” पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उहाँले जानकारी दिनुभयो । वि.सं.२०८१ बैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः एक सय ५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।

कोभिड-१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताउनुभयो । त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमि सडक कालोपत्र गरिएको छ । सम्झौताअनुसार वि.सं.२०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । उहाँका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?