Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

‘शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने’

spot_img
spot_img
spot_img

नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनकोे प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन् । सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गर्नुभएको पत्रमा स्थानीय गाउँ÷नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ । 

यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरु बिच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो । सो महासङ्घका अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने जिकिर गर्नुभयो ।  

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?